वि.सं. २०७५ सालपछि संघीय संरचना अनुसार नेपालमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा प्रदेश स्तरमा विस्तार गरिएको हो। सोही नीति अन्तर्गत मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत महोत्तरी जिल्लाको जलेश्वरमा प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय स्थापना गरिएको हो।

हाल यो संस्था जलेश्वर नगरपालिका, महोत्तरीमा अवस्थित रही प्रदेश सरकार मातहत आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।